• काठमाडौं : १९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज पहिलो खेल खेल्दै छ ।

    चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो । यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो ।