• काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणका एजेन्डाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाइने भएको छ ।

    आगामी महिना हुन लागेको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा हुने महत्वपूर्ण विषयमा संसदमा छलफल गर्नका लागि समितिको बैठकमा बोलाउने तयारी भइरहेको सभापति राजकिशोर यादवले बताए ।

    अहिलेको अवस्थामा छिमेकी मुलुकमा हुन लागेको प्रधानमन्त्रीको भ्रमणमा के–कस्ता विषय उठाउँदा राम्रो हुन्छ भन्ने विषयमा सांसद र विभिन्न राजनीतिक दलबाट सुझाव आउने र त्यसले प्रधानमन्त्रीलाइ सहयोग पुग्ने गरी यही हप्ताभित्र छलफल राख्न खोजिएको सभापति यादवले बताए ।