

-
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई परियोजना कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छलफल हुने हुँदा सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् ।
अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष रहेका क्यामरुन अलफोर्ड काठमाडौं आइपुगेका बेला चिनियाँ राजदूत सोङ र परराष्ट्रमन्त्री साउदबीच भेट भएको हो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग ३० भदौमा अमेरिका जाने र उक्त कार्यक्रममा सहभागी भएर ५–७ असोजसम्म चीन भ्रमणमा जाने तय भएको छ ।
भ्रमणको औपचारिक घोषणा नहुँदै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमै यस विषयमा बोल्दै आएका छन् । मंगलबार मात्रै संसदमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले चीन भ्रमणका एजेण्डाहरू प्रस्तुत गरेका थिए ।
उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताएका थिए । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ ।
प्रधानमन्त्रीले अन्य सार्वजनिक कार्यक्रममा चीनसँग विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने दाबी गर्दै आइरहेका छन् ।
News Desk 0 response मङ्लबार, भदौ १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


