

-
काठमाडौं : लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा भारी वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।
ठूलो पानी परेका क्षेत्रमा आकस्मिक बाढीको जोखिम छ । लमजुङको खुदीबजार र आसपास परेको ठूलो पानीले खुदीखोलालगायत लमजुङ भएर बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँ बिहान ९ बजेसम्म नै सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, बेसिसहर चामे सडक खण्डमा पहिरोको उच्च जोखिम छ ।
ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ ।
कमला नदी, रानीबास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । जलसहत बढ्दो क्रममा छ । उदययुर, सिन्धुली, धनुषा र सिरहाको तटीयक्षेत्र लगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै, काठमाण्डौ उपत्यकासहित दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, इलाम र आसपास क्षेत्रमा पनि पानी परिरहेको छ । कतै ठूलो वर्षा भइरहेको छ ।
स–साना नदीमा जलसतह बढ्न सक्ने, केही ठाउँमा आकस्मिक बाढीको जोखिमका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले दिउँसोसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरू तथा कोशी प्रदेशको एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मुग्लिन नारायणगढ सडकमा दुईतर्फी नै गाडी चलिरहेका छन् । यो सडक पहिरोका कारण पटक(पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ८, २०८०

सम्बन्धित शीर्षकहरु
-
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३
-
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


