• कास्की : कास्कीमा जुवा जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार पोखरा महानगरपालिका–८ मा रहेको लक्ष्मी होटलको भुइँ तलामा जुवा खेल्दै गरेका सात जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले जानकारी दिए।

    उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक इन्द्रबहादुर हिराचन, मुस्ताङका मोहन थकाली, नवीनप्रसाद थकाली, पोखरा–८ का शंकर ज्वारचन, पोखरा–९ का गुन्ज हिराचन, पोखरा–१० का राजु गुरुङ र दलबहादुर हिराचन रहेका छन् । उनीहरूको साथबाट चार लाख ४७ हजार रुपैयाँ बरामद गरेको डीएसपी जोशीले बताए । प्रहरीले उनीहरूको साथबाट चार बुक तास पनि बरामद गरेको छ ।