

-
काठमाडौं : रसियाले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।
मेट्रो रेलमा रसिया विश्व प्रख्यात मानिन्छ। रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन्। भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल सञ्चालन हुँदै आएको छ।
केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणअघि मेट्रो, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका अन्य विषयमा छलफल गर्न रसियन टोली मन्त्रालय पुगेको हो। रसियन टोलीले मेट्रो रेल निर्माणका लागि आफ्नो रेल्वे कम्पनी तयार रहेको जवाफ दिएको छ। त्यसका लागि ठोस प्रस्ताव मागेको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए।
उनका अनुसार मेट्रो रेलका साथै पूर्वपश्चिम रेल र सुरुङ मार्गका बिषयमा पनि छलफल भएको थियो। छलफलमा रसियाले पोखरा–रिडी सडकबारे पनि चासो देखाएको थियो। रसियन अधिकारीको चासोलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको सहसचिव थापाले बताए।
News Desk 0 response सोमवार, भदौ ४, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



