

-
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न नसकेको बताएका छन् ।
शनिबार कांग्रेसको काठमाडौं ९ (क) प्रदेश कार्य समितिले गरेको कार्यक्रममा उनले कांग्रेसभित्र भने नेतृत्वलाई प्रश्न गर्ने र प्रतिस्पर्धा गर्नेसम्मको अवस्था रहेको बताए ।
भरखरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवामाथि प्रश्न गरेको प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक नै भएको शर्माले बताए । ‘कांग्रेसको लाइभ भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला ?’ उनले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने ।
कांग्रेसका सभापति देउवासँग महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा नै गरेको भन्दै शर्माले एमालेका युवा नेताहरुले किन प्रतिस्पर्धा गर्न नसकेको भनी प्रश्न गरे ।
‘…तपाईहरुले चाहिँ किन नगर्नुभएको ? केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने’, उनले भने ।
News Desk 0 response शनिबार, साउन १३, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


