

-
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । यही साउन २ गतेदेखि चलिरहेको केन्द्रीय समितिको अन्तिम बैठकमा उठेका प्रश्न र जिज्ञासाको आज बुधवार सभापति शेरबहादुर देउवाले जवाफ दिएका छन्। उनले आफ्नो धेरै आलोचना होला भन्ने लागेको तर आलोचना कम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्। उनले जीवन्त छलफल भएको र पार्टीमा योग्य नेताहरू छन् भन्ने कुरा सबैले बुझुन् भनेर बैठकको लाइभ गरेको बताए।
महामन्त्री विश्वप्रकाश शर्माले बैठकले गरेका निर्णय पनि प्रस्तुत गरेका छन् । कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने भएको छ । महामन्त्री शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन् । मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।
यसैगरी बैठकले विभिन्न चुनावमा बागी उम्मेदवार बनेर जितेकाहरूको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो ।
यसैबीच कांग्रेसले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा कम वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।
यस्तै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ । भ्रष्टाचार जघन्य अपराध भएको भन्दै कांग्रेसले जोकोहीले भ्रष्टाचार गरेको भए पनि कानुन बमोजिम कारबाही हुनुपर्ने बताएको छ । आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्नेसमेत कांग्रेसले बताएको छ ।
कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ । तर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे भने कांग्रेस मौन बसेको छ । बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले खाणलाई निलम्बन गर्नुपर्ने मत राखेका छन् भने केहीले साथ दिनुपर्ने मत राखेका छन् ।
News Desk 0 response बुधबार, साउन १०, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


