• काठमाडौं : फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स र जमैकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

    आज आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा फ्रान्स र जमैका गोलरहित बराबरीमा रोकिए । यो बराबरीसँगै समूह ‘एफ’ मा रहेका दुवै टोलीले १र१ अङ्क जोडेका छन् ।

    यसअघि आजै भएको समूह ‘जी’ को खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ । त्यस्तै समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई हरायो ।

    आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।