

-
काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच रोचक भिडन्त हुँदै छ । पाकिस्तान र भारतबीचको खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे (दिवा–रात्रि) सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेका यी दुवै राष्ट्र यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । सोही समूहमा रहेका नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
बुधबार नै बिहान १०ः१५ बजे नेपाल र यूएईबीच अर्को खेल हुँदै छ । जारी प्रतियोगितामा यी दुवै टोली सान्त्वना जितको खोजीमा छन् । भारत र पाकिस्तान भने समूह विजेता बन्ने होडमा छन् । यी दुवै टोलीको चार—चार अङ्क छ ।
समूहगत चरणको अन्तिम खेलमा विजयी हुने टोली समूह विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ । त्यसै पनि विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई विशेष रूपमा लिने गरिएको छ ।
खासगरी भारत र पाकिस्तानबीच हुने क्रिकेट खेल मैदानमा केवल खेलका रूपमा मात्र सीमित रहँदैन । राजनीतिक रूपमा एक अर्काका कट्टर विरोधी यी दुवै राष्ट्रका समर्थकहरूले क्रिकेट खेललाई पनि सोही रूपमा लिने गरेका छन् ।
त्यसैले क्रिकेट मैदानमा यी दुई चिरप्रतिद्वन्द्वी राष्ट्र आमनेसामने हुँदा समर्थकहरुबीच चर्को तनाव देखिन्छ । क्रिकेटमा यी दुई राष्ट्रबीच जुनसुकै स्तरको खेल भए पनि समर्थकहरूमा चर्चा र बहसको विषय बन्न पुग्छ । जारी प्रतियोगितामा पाकिस्तान र भारत दुवै टोलीको प्रदर्शन स्तरीय छ । यी दुवै टोलीले अघिल्ला खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो अन्तरले हराएका छन् ।
एसीसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालबाहेक अन्य सातवटै राष्ट्रले आफ्नो ‘ए’ टोलीलाई समावेश गराएको छ । भारत र पाकिस्तानबीचको खेल श्रीलङ्काको राजधानी कोलम्बोस्थित प्रेमादासा रङ्गशालामा खेलिने छ ।
अर्कोतिर, समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलङ्का र बङ्गलादेश क्रमशः पहिलो र दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । यी दुवै टोली चार—चार अङ्कसहित सेमिफाइनलमा पुगेका हुन् । चार अङ्कसहित अफगानिस्तान तेस्रो स्थानमा रहे पनि नेट रन रेटमा श्रीलङ्का र बङ्गलादेशसँग पछाडि पर्यो । चौथो स्थानमा रहेको ओमानले भने खातासम्म खोल्न सकेन ।
News Desk 0 response बुधबार, साउन ३, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


