

-
काठमाडौं : बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।
पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए ।
हिजो चटगाउँमा भएको खेलमा पाहुना टोली अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो । उसका रहमानुल्लाह गुर्वाजले १ सय ४५ रन तथा इब्राहिम जर्दानले पनि शतकीय पारी खेले ।
बङ्लादेशका मुस्तिफिजुर रहेमान, हसन महमुद, सकिब अल हसन र मेहदी हसन मिराजले दुईरदुई विकेट लिए । जितका लागि ३ सय ३२ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४३ ओभर २ बलमा १ सय ८९ रनमा समेटियो । उसका मुस्फिकुर रहिमले सर्वाधिक ६९ रन बनाए ।
अफगानिस्तानका फजल फारुकी र मुजिबउर रहेमानले तीनरतीन विकेट तथा रासिद खानले दुई विकेट लिए । यी दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि मङ्गलवार हुनेछ । त्यसपछि दुई खेलको टी–२० शृङ्खला शुक्रवार र आइतवार हुनेछ ।
News Desk 0 response आइतवार, असार २४, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


