

-
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ ।
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको हो ।प्रतिनिधिसभा सदस्यको गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा उहाँ कास्की निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित हुनुुभएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो ।
सांसद भट्टराई स्व अधिकारीका धर्मपत्नी हुनुुहुन्छ । उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उहाँ विजयी हुनुुभएकोे हो ।
शपथपछि सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुुभयो– “संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछुु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछुु ।”
शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, सङ्घीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव उपस्थित हुनुुहुुन्थ्यो । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


