

-
गुल्मी ।
मदाने गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको संयुक्त आयोजनामा पुर्कोट दहमा शनिबारदेखि कृषि मेला हुँदैछ । मेलामा स्थानीय उत्पादन, नगदे बाली र पछिल्लो समय व्यवसायिक रुपमा फस्टाउँदै गएको माछा र मौरी पालनलाईसमेत समावेश गरिएको छ । युवालाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यका साथ गाउँपालिकाले युवा उद्दम कार्यक्रम अन्तर्गत यस वर्ष पचास जना युवालाई पचास हजारका दरले पच्चिस लाख रुपैया ऋण अनुदानको व्यवस्था गरेको छ । यसलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले कृषिका लागि ऋण अनुदान कार्यविधिसमेत तयार पारिसकेको छ । यहाँको उत्पादनलाई माटो र मौसम अनसार माटोको प्राविधिक परीक्षण गरी व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिकाले चैतसम्ममा कृषिका लागि गुरुयोजनासमेत ल्याउने तयारि गरिरहेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेस भण्डारीले बताए ।
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६
पञ्चेबाजा प्रतियोगिता
कृषि मेलाकै अवसर पारेर पछिल्लो समय संकटमा पर्दै गएको मौलिक लोकबाजालाई संरक्षण गर्ने उद्देश्यका साथ गाउँपालिकाले गाउँपालिकास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । यसको संरक्षणका लागि गाउँपालिकाले यहाँका सातवटा वडामा एक–एक सेट पञ्चेबाजा पनि वितरण गरिसकेको छ । आफ्नो भौगोलिक विशेषता बोेकेको यो गाउँपालिकामा मदाने संरक्षित क्षेत्र पर्दछ भने आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने खालका पर्यटकीय स्थल वार्ड नम्बर छ पुर्कोट दहमा कङ्के देउराली, सात नम्बर वाडमा दोस्रो स्वर्गद्वारी भनेर चिनिेने धार्मिक स्थल अस्कुना छ भने तिन नम्बर वार्डमा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्शित गर्ने उदेश्यका साथ अरविन्द आश्रम समेत संचालनमा ल्याइएको छ
गाउँपालिकाले हालै पहिलो चौमासिकको बजेट कार्यान्वयन र प्रगतिको समिक्षा गर्नुका साथै यहाँका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई सम्बोधन हुने गरी सातओटै बडामा सार्वजनिक सुनुवाई गरेको छ । सुनवाई कार्यक्रममा यहाँका सर्वसाधारणले खास गरि चारवटा विषयलाई मुख्य रुपमा उठाएका छन् । जसमा विद्युत, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, उपभोक्ता समितिको खर्च पारदर्शिता र मदिरा नियन्त्रणको विषयलाई उठाएका छन् । बजेटको सीमा अनुसार उपभोक्ता समिति मार्फत हुने काममा उपभोक्ता समिति हावि हुँदै गएको र खर्च पनि सार्वजनिक नगर्ने परिपाटीले जे कामका लागि बजेट परेको हो त्यो काममा उक्त बजेट पुरै खर्च भए नभएको बारे अन्यौल भएको उनीहरुले बताएका छन् । सामुदायिक विद्यालयमा पठन पाठनको स्तर खस्केको विषयमा पनि सर्वसाधारणले चिन्ता गरेका छन् । समाजमा व्यापक विकृतिको रुपमा मौलाउँदै गएको अव्यवस्थित मदिरा व्यवसाय र सेवनलाई यहाँका स्थानीयले जति समस्या र उति चिन्ताको विषय भएको बताएका छन् । यहाँका जनताको यस प्रतिको चिन्ता र यसले भविष्यमा पार्ने असरप्रति निकै चिन्तित रहेको छ । मदिरा नियन्त्रणका लागि हामीले स्थानीय प्रहरी प्रशासन सँग समन्वय गरेर जाने योजना बनाएको भण्डारीले बताए । विद्युतको समस्याबारे विद्युत प्राधिकरणसँग समन्वय गरेर छिटो भन्दा छिटो समस्या पहिचान गरी समस्या समाधान गर्ने र काम हुन बाँकी रहेका ठाउँका लागि प्राधिकरणलाई ताकेता गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख, उपप्रमुख लगायत सबै जनप्रतिनिधीको सहभागिता रहेको थियो । पछिल्लो समय गाउपालिकको केन्द्र रहेको पुर्कोट दहमा दुइवटा ठुला सडक आयोजना सालझंिण्ढ ढोरपाटन सडक र तम्घास सिमल्टारी हँुदै प्युठान जोडिने सडकका सवारी साधन यहा हँुदै जाने भएकाले यहाँ बजारीकरण बढ्नुका साथै बित्तिय सस्थाहरुले नया शाखा खोल्दै गएपछि यहाका सर्वसाधारण लाइ आफुले कमाएको रकम सुरक्षित गर्न समेत सहज भएको छ ।
-ऋषि भट्टराई
तस्वीरः गुगल

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



