

-
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवाज उठेको छ । अस्ति बिहीबारदेखि सुरु भएको बैठकमा समूहगत धारणा राख्ने क्रममा केही नेताहरूले प्रदेश खारेज गरेर केन्द्र र पालिकालाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् ।
प्रदेश र जिल्ला समन्वय समितिले केही पनि काम गर्न नसकेको ती नेताहरुको भनाइ छ । केही नेताहरुले लिखित रुपमा र केही नेताहरुले बोल्ने क्रममा प्रदेश संरचना खारेजीको विषय उठाएका छन् । प्रदेश संरचना खारेज गरेर सुधारिएको संघीयतामा जान सकिने नेताहरुको प्रस्ताव छ ।
बैठकमा शासकीय स्वरुप र चुनाव प्रणालीको पुनरावलोकन गर्नुपर्ने आवाज पनि उठेको छ । प्रदेश संरचना आर्थिक हिसाबले बोझ भएको र नागरिकलेसमेत यसको आवश्यकता महसुस गर्न छाडेको नेताहरुको भनाइ छ । केही नेताहरुले स्थिर र बलियो सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्ने प्रस्ताव गरेका छन् । केन्द्रमा बढीमा १५ र प्रदेशमा बढीमा सात जना मन्त्री हुनुपर्ने तथा जनप्रतिनिधिको संख्यामा भारी कटौती गर्नुपर्ने प्रस्ताव पनि एमालेको बैठकमा उठेको छ ।
यस्तै एमाले केन्द्रीय सदस्यहरुले हरेक वर्ष विभिन्न पदमा बसेका पदाधिकारी सहितका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि सुझाव दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका, भ्रष्टाचारमा संलग्न पुष्टि भएकालाई तत्काल पार्टीबाट निलम्बन गरेर कारवाही प्रक्रिया अघि बढाउन पनि नेताहरुको जोड छ ।
आज बस्ने बैठकले सबैको सुझाव समटेर प्रतिवेदनलाई संशोधन सहित पारित गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक सकेर आजै स्थायी कमिटी बैठक बस्ने एमालेको तयारी छ ।
News Desk 0 response शनिबार, बैशाख ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


