• काठमाडौं : डाक्टर मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

    पार्टीका सभापति शेरबहादुर देउवाले रिजाललाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।