• हेटौंडा । बहादुर सिं लामाको नेतृत्वमा कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

    कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने भएका छन् ।

    बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय सम्हाल्ने कांग्रेस स्रोतले जनाएको छ ।

    बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।