• काठमाडौं : बीमा ऐनको दफा ५० को खण्ड ‘ङ’ मा बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै पनि बीमकको संस्थापक समुहको आधारभूत शेयर लिएको बहालवाल सञ्चालक वा कर्मचारी बीमा कम्पनीको सञ्चालन हुन नपाउने व्यवस्था छ ।

    यस्तै खण्ड ‘ट’ मा सार्वजनिक पद धारण गरेको वा नेपाल सरकार वा सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड बीमक वा बैंक तथा वित्तीय संस्थाको बहालवाला कर्मचारी समेत बीमा कम्पनीको सञ्चालन हुन अयोग्य रहेको प्रावधान रहेको छ ।

    बीमा ऐनको उक्त व्यवस्था उलघ‌ंन गरेर हाल बीमा कम्पनीहरुको सञ्चालक रहेकाहरुलाई सो पदबाट चैत मसान्त भित्र हटाउन प्राधिकरणले निर्देशन दिएको हो । यस व्यवस्थासँगै अधिकाँश बीमा कम्पनीहरुका सञ्चालकहरुको पद धरापमा परेका छन् ।

    बीमा कम्पनीहरुमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी बीमा ऐनले अयोग्य ठहर गरेको सञ्चालकहरु पदमा रहेका छन् ।

    यस्तै २५ वर्ष पुरा नभएका, शारीरिक तथा मानसिक अस्वस्थताको कारणले सञ्चालक भई सेवा गर्न असमर्थ भएमा, प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्था रहेमा, कालोसूचीमा परी फुकुवा भएको मितिले ३ वर्ष पुरा नभएको व्यक्ति बीमा कम्पनीको सञ्चालन बन्न नपाउने व्यवस्था छ ।

    सम्बन्धीत बीमकको बहालवाला लेखापरीक्षक वा परामर्शदाता वा बीमकसँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति वा संस्था, फर्म र कम्पनीका व्यक्ति पनि संञ्चालक हुन पाउने छैनन् ।

    धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेण्ट बैंकर, अन्य बीमा कम्पनीको सञ्चालक पदमा बहाल रहेको, शेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धीत बीमकको नियमावली बमोजिम आयोग्य रहेको, सञ्चालक हुनको लागि लिनुपर्ने न्युनतम शेयर नलिएको व्यक्ति समेत सञ्चालन बन्न पाउने छैनन् ।

    यसैगरी कर चुक्ता नगरेको, फौजदारी कसुर, बीमा, बैकिङ्ग वा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट सजाय भुक्तान भएको पाँच वर्ष पुरा नभएको व्यक्ति समेत बीमा कम्पनीहरुको सञ्चालन बन्न नपाउने व्यवस्था छ ।