

-
काठमाडौं । भारतबाट पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले १५÷१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो।
निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ ७४ पैसा र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसाले मूल्य घटेर आएको छ। निगमलाई यसले अबका दिनमा निकै नाफा हुने देखिएको छ।
यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ। पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो।
अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ। यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ।
निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ। नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ।
आफ्नो नोक्सान बढ्छ भन्दै मूल्य बढाउने मामिलामा निगम एक दिन कुर्न सक्दैछ । तर, घटाउने मामिलामा विभिन्न बहानावाजीमै सिमित हुने गर्दछ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बैंकिङ प्रणालीमा आएको समस्याले ठूलो मात्रामा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो। त्यसैले रिफाइनरी गर्ने कम्पनीहरुको पनि लागत कम आएको र नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेर आएको निगमका अधिकारीहरुको भनाइ छ।
व्यवसायीहरुको मागअनुसार निगम डिजलको बिक्री मूल्य लिटरमा ५ देखि १० रुपैयाँसम्मले घटाउने तयारीमा रहेको एक कर्मचारीले बताए। निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आइओसी र सरकारलाई ऋण गरेर १६ अर्ब तिर्नुपर्ने थियो। उक्त बक्यौता हाल घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ। निगमले पछिल्लो आफ्नो नाफाबाट आईओसीलाई तिर्नुपर्ने बक्यौता घटाउदै लगेको छ।
News Desk 0 response शनिबार, चैत्र १८, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



