

-
काठमाडौं । नेपाली ककांग्रेसभित्रको आन्तरिक विवादले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि मन्त्रिपरिषद अपुरै रहेको छ । प्रधानमन्त्री प्रचण्डले अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । सत्तारुढ दलहरूबीच ठोस सहमति जुट्न नसक्दा र कांग्रेसभित्रको आन्तरिक विवादले मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो ।
हिजो मन्त्रिपरिषद पुनर्गठन भएपछि प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री भएका छन् । कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जसपा र जनमत पार्टीबाट एक, एक मन्त्रालय अझै रिक्त छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले रोजेको मन्त्रालय नपाएपछि राजीनामा दिएका छन् । उद्योग मन्त्रालयमा दावी गर्दै आएका खानले त्यो मन्त्रालय नपाएपछि राजीनामा दिएका हुन् ।
खानले सम्हाल्दै आएको खानेपानी मन्त्रालयसहित परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्नुपर्ने भएको छ । गठबन्धन दलहरुबीच भएको भागबण्डाअनुसार वन तथा वातावरण मन्त्रालय जनता समाजवादी पार्टीलाई परे पनि उसले नाम पठाउन सकेन । जसपाको भागमा परेको शिक्षा मन्त्रालय अशोक राईले सम्हालेका छन् ।
कांग्रेसको भागमा परेको आठमध्ये चार मन्त्रालयमा मात्रै मन्त्री नियुक्त भएका छन् । मन्त्रालय भागबण्डामा शेखर कोइराला समूहले असन्तुष्टि जनाएपछि बाँकी चार मन्त्रालय रिक्त हुन पुगेको हो । कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् ।
प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । हिजो मन्त्रिपरिषद पुनर्गठन हुँदा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । भौतिक पूर्वाधार तथा उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने माओवादीका अरु मन्त्रीको पद यथावत राखिएको छ ।
नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन् । लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नेपाल समाजवादीबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन् ।
News Desk 0 response शनिबार, चैत्र १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


