

-
डण्डीफोरको समस्याबाट धेरै मानिसहरु तनावमा हुन्छन् । शरीरमा आवश्यक भिटामीन र पौष्टिक तत्वको कमिले पनि अनुहारमा डण्डीफोर आउने समस्या हुनसक्छ । शरीरभित्र रहेको विषाक्त पदार्थहरु निस्किने माध्यमको रुपमा डण्डीफोरलाई मानिन्छ । तर पनि यदि डण्डीफोरको समस्याले हैरान हुनुहुन्छ भने केही घरेलु उपाय अपनाएर छुट्कारा पाउन सकिन्छ । डण्डीफोरको समस्याबाट बच्न यी खानेकुरामा ध्यान पु¥याउन जरुरी छ ।
गाजर
खानामा नियमित गाँजरको प्रयोग गर्नाले डण्डीफोरको समस्याबाट बच्न सकिन्छ । दैनिक रुपमा १ र २ वटा गाँजर खाजाको रुपमा खाने गर्नुपर्छ । गाँजरमा प्रशस्त मात्रामा ‘भिटामीन ए ’ पाइने भएकाले डण्डीफोरबाट बच्न मद्दत पुग्छ ।माछा
डण्डीफोरबाट बच्नका लागि माछा खानुलाई निकै लाभदायक मानिन्छ । विशेष गरी ‘सामन माछा’ लाई स्वस्थ मुटु, स्वस्थ छाला र स्वस्थ मनस्थितीका लागि निकै महत्वपूर्ण मानिन्छ । यस माछामा पाइने एक प्रकारको प्रोटिनले छालालाई रक्षा गर्ने गर्दछ । हार्मोनको उत्पादनमा वृद्धि गराई डण्डीफोरसँग लड्न सक्ने सेतो रक्तकोषको क्षमतामा सुधार ल्याउने गर्दछ ।बेसार
विहानको समयमा १ गिलास दहीमा १ चिम्टि बेसार घोलेर खाने गर्नाले डण्डीफोरको समस्याबाट बच्न सकिन्छ । अथवा १ गिलास पानीमा थोरै बेसार राखेर उमालेर पिउने गर्नाले पनि अनुहारमा चमक ल्याउन मद्दत पुग्छ । बेसारको प्रयोगले शरीरमा रहेका विषाक्त पदार्थहरु हटाउनुका साथै ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्याबाट छुट्कारा पाइन्छ । बेसारले डण्डीफोरलाई असर गर्ने ब्याक्टेरियालाई समेत नष्ट गर्ने काम गर्दछ ।तोरीको हरियो साग र मुला
News Desk 0 response आइतवार, चैत्र २५, २०७४
हरियो सागपातमा प्रशस्तै मात्रामा क्लोरोफील तत्व पाइन्छ । जसले छालाको भित्री तहमा भएका ब्याक्टेरियालाई दिशाको माध्यमबाट निकाल्न मद्दत पुग्छ । विशेष गरी मुला र तोरीको सागले रगतलाई पनि सफा गर्ने काम गर्दछ ।

सम्बन्धित शीर्षकहरु
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



