

-
काठमाडौं : आयरल्यान्डसँगको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । चट्गाउँमा आज बुधवार भएको खेलमा बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जितेको हो ।
१७ ओभरमा २ सय ३ रन बनाउनुपर्ने लक्ष्य पाएको आयरल्यान्डले ९ विकेट गुमाएर १ सय २५ रनमात्रै बनायो । आयरल्यान्डका कर्टिस केम्फले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका शकिब अल हसनले ५ र तस्किन अहमदले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले १७ ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनायो । बङ्गलादेशका लागि लिटन दासले ४१ बलमा ८३ रन बनाए । यसअघि भएको एकदिवसीय शृङ्खला पनि बङ्गलादेशले नै जितेको थियो । यी दुई देशबीच एउटा टेस्ट खेल पनि हुँदैछ ।
आजको खेलमा ३ विकेट लिएका शकिब टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले न्युजिल्यान्डका टिम साउथीलाई पछि पारेका हुन् । शकिबले टी–२० मा १ सय ३६ विकेट पुर्याएका हुन् । साउथी १ सय ३४ विकेटसहित दोस्रो नम्बरमा छन् । अफगानिस्तानका राशिद खान १ सय २९ विकेटसहित तेस्रो नम्बरमा छन् ।
News Desk 0 response बुधबार, चैत्र १५, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


