

-
काठमाडौँ । सत्तारुढ दल नेकपाका एकजना वरिष्ठ नेताले निकटका छिमेकीसहित विश्वका सबै देशसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै सबैभन्दामाथि नेपाल राष्ट्रलाई राख्नुपर्ने बताएका छन् ।
“हामी कुनै देशको समर्थक नबनौँ, नेपाललाई केन्द्रमा राखौँ”, मुलुकको स्वाधीनता र राष्ट्रियताको जगेर्ना नेपालीको प्राथमिकता हुनुपर्ने बताउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज सञ्चारकर्मीमाझ भन्नुभयो ।
नेपाल–चीन मिडिया फोरमले गरेको ‘नेपाल–चीन सहयोग सुदृढीकरण र दुई देशबीचको जनस्तरको सम्बन्ध विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यशालामा उहाँले नेपाली जनताको सामाजिक–आर्थिक विकासको चाहना साकार तुल्याउन सन्तुलित सम्बन्धको जगमा सहायता जुटाउनेमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । सन्तुलित सम्बन्धलाई नेपालको विकासका निम्ति उपयोग गर्नुपर्ने उहाँको कथन थियो ।
चिनियाँ राष्ट्रपति सी चीनफिङको हालै सम्पन्न भ्रमणपछि द्विदेशीय सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै उहाँले नेपाललाई भू–जडित देश बनाउन सघाउने राष्ट्रपति सीको घोषणाले सारा नेपाली उत्साहित भएका र पारस्परिक सम्बन्ध सुदृढ भएको विचार व्यक्त गर्नुभयो । एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र जुनसुकै सरकारले त्यसलाई निरन्तरता दिने बताउँदै चीनको नेपालप्रतिको नीति पनि अपरिवर्तनीय नै रहेको अनुभव सुनाउनुभयो ।
राष्ट्रिय एकतालाई सुदृढ, भौगोलिक अखण्डताको रक्षा, जनताको सार्वभौमसत्ता र स्वाधीनताको संरक्षणजस्ता राष्ट्रिय महत्वका विषयमा सञ्चार क्षेत्रले जनमतलाई प्रभावित पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष प्रचण्डले भारतसँगको सीमा समस्या राजनीतिक एवं कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै विवेकशील भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले उत्तेजना र आवेग त्यागेर शालिन ढङ्गले समस्याको निरुपण खोज्नुपर्छ भन्नुभयो– “कालापानीबारे हामीले गम्भीररुपमा भारतको ध्यानाकर्षण गराएका छौँ, दुवै देशमा स्थिर सरकार रहेकाले समाधान खोज्न पनि सहज हुनेछ ।”
एक फरक प्रसङ्गमा उहाँले चीन, भारत र नेपालबीचको साझेदारी तीनवटै मुलुकका निम्ति लाभप्रद हुने विचार व्यक्त गर्दै आफू ‘टु प्लस वान’ को पक्षमा नरहेको स्पष्ट गर्नुभयो । उहाँले रेल, सडक र हवाईमार्गबाट चीनलगायत देशसँग सम्पर्क सञ्जाल स्थापना मात्र नभई शक्तिशाली एवं प्रभावकारी सञ्चार सम्पर्कका माध्यमबाट पारस्परिक लाभ र राष्ट्र–राष्ट्रबीचको सरकारी र जनस्तरको सम्बन्धलाई बलियो बनाउने बताउनुभयो ।
परिवर्तन र प्रगतिका निम्ति जनमत सिर्जना गर्ने सञ्चार क्षेत्रको ठूलो महत्व छ भन्दै उहाँले सूचना तथा सञ्चार प्रविधिको विकासबाट समृद्धिको यात्रामा सजिलै अघि बढ्न सकिने बताउनुभयो ।
मञ्चका अध्यक्ष किशोर श्रेष्ठको सभापतित्वमा भएको कार्यशाला उद्घाटनसत्रमा पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले चीनले हासिल गरेको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो ।
नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ राष्ट्रपतिको पछिल्लो भ्रमणले दुई देशको सम्बन्ध रणनीतिक साझेदारीमा प्रवेश गरेको तथा नेपालले भारत र चीनसँग सन्तुलित छिमेक सम्बन्ध स्थापित गरी स्वतन्त्र परराष्ट्र नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गरेको बताउनुभयो । चिनियाँ दूतावासका सञ्चार अधिकृत वाङ जिलोङले नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



