

-
कावासोती । नवलपरासीपूर्व नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनुपर्ने बाध्यता रहेको छ ।
नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएपछि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्व दुई वर्षअघि स्थापना भएको हो । यहाँ कारागार नहुँदा कैदीबन्दीलाई चितवनस्थित कारागारमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
जिल्लामा कारागार नहुँदा कार्यालयलाई आर्थिक भारसमेत थपिएको उहाँले बताउनुभयो । जिल्ला बाहिरका कारगार ल्याउने लैजाने गर्दा यातायात खर्च बढेको उहाँले जानकारी दिनुभयो । अर्कोतिर सुरक्षाकर्मीलाई कैदीबन्दी लिएर चितवन पठाउनुपर्दा जनशक्ति अभावसमेत हुने गरेको उहाँले बताउनुभयो ।
जिल्लामा कारागार निर्माण गर्ने बारेमा सम्बन्धित पक्षसँग छलफल र पहल गर्ने काम भइरहेको छ । नयाँ जिल्ला भएकाले सबै संरचना नयाँ निर्माण गर्नुपर्ने हुँदा केही अप्ठ्यारो परेको उहाँको भनाइ छ । स्थानीय तह तथा केन्द्रका सरोकारवाला पक्षसँग कारागार निर्माणका लागि पहल गरिरहेको रानाभाटले बताउनुभयो ।
नवलपुरबाट चालू आर्थिक वर्षको अहिलेसम्म ६३ कैदीबन्दीलाई चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका टीकाराम पोखरेलले जानकारी दिनुभयो । सोमा चार महिला र ५९ पुरुष रहेका छन् । यस्तै गत आर्थिक वर्षमा तीन महिला र १३९ पुरुष गरी १४२ कैदीबन्दीलाई चितवन कारागार पठाइएको पोखरेलले जानकारी दिनुभयो । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



