

-
काठमाडौं : पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ।
गएराति शारजाहमा भएको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटको पराजित भयो। पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ।
अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो । पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाए । त्यस्तै इब्राहिम जद्रान ३८ रनमा आउट भए ।
पाकिस्तानका जमान खान र इनसाहउल्लाहले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । पाकिस्तानका इमाद वासिम ६४ रनमा अविजित रहे । कप्तान शादब खान ३२ रनमा आउट भए ।
पाकिस्तानका अब्दुल्लाह शफिक टी–२० खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । यसअघि न्युजिल्यान्डसँग भएको दुई खेल र अफगानिस्तानसँगको पहिलो र दोस्रो खेलमा उनी लगातार डक आउट भए ।
अफगानिस्तानका फैजलहक फारुकीले २ तथा नविन उल हक, राशिद खान र करिम जन्नतले समान एकरएक विकेट लिए । दुई देशबिचको तेस्रो तथा अन्तिम खेल आज राति हुँदैछ।
News Desk 0 response सोमवार, चैत्र १३, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


