• पोखरा : गण्डकी प्रदेशमा एमाले नेतृत्व सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । शुक्रबार सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा बुझाएपछि प्रदेश सभा सचिवालय पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

    प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।