

-
काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ । सिटीका इर्लिङ हालाण्डले खेलको ७८औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको २७ खेलमा ६१ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
आर्सनल २६ खेलमा ६३ अङ्कका साथ शीर्षस्थानमा कायमै छ ।
गएराति भएको अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टरलाई ३–१ गोलले हराएको हो । खेलको ११औँ मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
३९औँ मिनेटमा पाटसन डाकाले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । तर पहिलो हाफको इन्जुरी समयमा काइ हाभट्र्जले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यस्तै खेलको ७८औँ मिनेटमा माटियो कोभासिसले गोल गरेपछि चेल्सी ३–१ ले विजयी भयो ।
खेलको ८७औँ मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले २६ खेलमा ३७ अङ्क जोडेको छ । चेल्सी १०औँ स्थानमा रहेको छ । अर्को खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई ३–१ गोलले हराएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


