

-
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको उडान फुकुवा गरेको छ ।
प्राधिकरणका प्राविधिकबाट श्री एअरलाइन्सको उडानमा रहेका जहाजको आज शुक्रवार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एअरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एअरलाइन्सको उडान फुकुवा गरिएको छ । ‘श्री एअरलाइन्सको उडान फुकुवा भयो तर एअरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र आज प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने सर्तमा उडान फुकुवा गरिएको हो’, उनले भने ।
श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनः उडान अनुमति पाएसँगै भोलि शनिवारदेखि नियमित उडान सञ्चालन गरिने बताए । व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेशन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो ।
आजका लागि पूर्वनिर्धारित सबै १४ उडान स्थगित भएको र यसबाट झन्डै दुई हजार यात्रु मर्कामा परेको कम्पनीले जनाएको छ ।
हिजो बिहीवार काठमाण्डौबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि त्यो जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एअरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन् । तीमध्ये चार वटामात्रै सञ्चालनमा छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन २६, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



