

-
काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गरेका हुन् । शुक्रवारदेखि काठमाडौंमा सुरु भएको ‘दोस्रो अर्थशास्त्री सम्मेलन’ मा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन् । उनले आवश्यक ठाउँमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको स्पष्ट पारे ।
गभर्नर अधिकारीले अहिले दीर्घकालीन लगानीका बारेमा सोचिरहेकाले ऋणलाई जथाभाबी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए । उनले आवाजविहीनहरूको र साना लगानीकर्ताहरूका लागि, दुई करोड रुपैयाँभन्दा कम लगानी गर्नेहरूका लागि बेस रेटमा दुई प्रतिशतभन्दा बढी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए ।
उनले भने, ‘हामी दीर्घकालीन लगानी गरिरहेका छौँ । जग्गामा लगानी गरेका छौँ, होटल बनाएका छौँ । यो विषयमा हामीले ओरियन्टेशन गराउन नसकेको, लिट्रेसी दिन नसकेको हुनसक्छ । यसमा हामी अहिले एग्रेसिभ रूपमा लागिरहेका छौँ । २०४६ सालदेखि नेपाल राष्ट्र बैंकले इन्ट्रेसको सन्दर्भमा डिरेगुलाइज गरेको हो । हामीले मार्केटलाई छोडेको हो । अब यो विषयमा पनि बहस होस् । के मार्केटले यही चाहेको हो त रु के निजी क्षेत्रले यही चाहेको हो रु हामी २०४६ सालभन्दा अघि जान खोजिएको हो ? यसमा पनि छलफल होस् ।’
गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए । उनले नेपाल समान देशको तुलनामा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । उनले पुस मसान्तको तथ्याङ्कअनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गएको सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पारे । उनले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्याङ्क सुधार भएर गएको बताए । गभर्नर अधिकारीले नेपाल अहिले झन्डै १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै झन्डै १० महिनाको आयातलाई धान्न सक्ने क्षमतामा रहेको बताए ।
गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबै कुरामा नकारात्मकरूपले नहेर्न आग्रह गरे ।
News Desk 0 response शुक्रबार, फाल्गुन २६, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



