

-
काठमाडौं : नेपाल–अमेरिकाबीचको वैदेशिक व्यापारमा नेपालले फाइदा गर्न सफल भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा अमेरिकासँगको व्यापारमा नेपाल फाइदामा रहेको हो । विगत लामो समयदेखि अमेरिकासँगको व्यापारमा नेपालले घाटा व्यहोर्दै आइरहेको थियो । बैदेशिक मुद्रा संचितिमा समेत दवावमा रहेको अवस्थामा अमेरिकासँगको ब्यापारमा फाइदा देखिएसँगै अर्थतन्त्रमा आशाका नयाँ किरणहरु देखिएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा नेपाललाई अमेरिकासँगको व्यापारमा ३२ अर्ब ५ करोड ८४ लाख रुपैयाँ घाटा भएको थियो । सो वर्ष नेपालबाट जम्मा १७ अर्ब ९९ करोड २० लाख रुपैयाँको निर्यात भएको थियो भने अमेरिकाबाट ५० अर्ब ५ करोड रुपैयाँको आयात भएको थियो । चालु आर्थिक वर्ष सुरुका २ महिना अमेरिकासँगको व्यापारमा घाटा ब्यहोरेपनि त्यसपछि निरन्तर नाफा भइरहेको हो ।
चालु वर्षको साउन महिनामा भने अमेरिकासँगको व्यापारमा नेपाल घाटामा थियो । उक्त महिना नेपालले ७९ करोड रुपैयाँको घाटा ब्यहोरेको थियो । यस्तै, भदौ महिनामा नेपालले अमेरिकासँगको व्यापार घाटा सुधारेर २८ करोड रुपैयाँमा ल्याइपुर्याएको थियो ।
असोज महिनादेखि भने नेपालले नाफा आर्जन गर्न सुरु गरेको तथ्याङ्कले देखाएको छ । असोज महिनासम्म नेपालले अमेरिकासँगको व्यापार घाटा उल्ट्याउँदै ४६ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना नेपालबाट ५ अर्ब १६ करोड रुपैयाँको सामान निर्यात गर्दा अमेरिकाबाट ४ अर्ब ६९ करोडको आयात भएको थियो ।
यस्तै, कात्तिकमा ९२ करोड नाफा आर्जन भएको थियो । तर, मंसिर महिनासम्ममा भने नेपालको व्यापार नाफा खुम्चिएर ११ करोड ५४ लाखमा सीमित भएको छ । यस्तै, पुसमा १३ करोड र माघ महिनामा ८ करोड रुपैयाँ नाफा भएको छ ।
माघ महिनासम्ममा नेपालबाट अमेरिकातर्फ १० अर्ब ७३ करोड रुपैयाँ निर्यात भएको छ । यस्तै, अमेरिकाबाट नेपालतर्फ १० अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ । विगत लामो समयदेखि घाटामा रहेको अमेरिकासँगको व्यापार नाफामा आउँदा नेपाली निर्यातमा खुसीको सञ्चार भएको छ । बैदेशिक मुद्रा संचितिमा प्रेसर भोगेको नेपालले अमेरिकाबाटै डलर भित्र्याएपछि ब्यवसायीमा खुसीको संचार छाएको छ ।
नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यिनै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको छ ।
यस अवधिमा नेपालबाट ४ अर्ब २० करोडको कार्पेट र गलैँचा निर्यात भएको छ । यस्तै, १ अर्ब २३ करोडको ऊनी तथा फेल्ट र १ अर्ब ४१ करोडको छुर्पी निर्यात भएको छ । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हातेकागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) लगायतका सामानहरु निर्यात हुन्छ ।
News Desk 0 response बुधबार, फाल्गुन २४, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



