

-
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।
सरकारले आकस्मिक रूपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो।‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।
‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारू गर्ने व्यवस्था मिलाउनुपर्नेछ’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
यसअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको दिनबाहेक अन्य दिन सेवा दिनुपरेमा बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागमा पूर्वजानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो। तर, अब आकस्मिक रूपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा सेवा दिनुपर्नेछ।
News Desk 0 response शुक्रबार, फाल्गुन १२, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



