

-
काठमाडौं : काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा आन्तरिक टर्मिनल सञ्चालन हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गतको सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन ।
हिजो बुधवार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको नेपाल इन्टरमोडल यातायात विकास समितिको सञ्चालक समितिको बैठकबाट आन्तरिक टर्मिनल सञ्चालनका लागि दररेट स्वीकृत गरी टर्मिनलसमेत सञ्चालनको जिम्मेवारी प्राप्त भएको समितिले जनाएको छ ।
टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकोले सम्बन्धित सरोकारवाला निकायहरूमा पत्राचार गरी एकरदुई दिनभित्रै टर्मिनल सञ्चालन सुरु हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका छन् । व्यापार सहजीकरणका लागि निर्माण भएको सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० वटा ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोडरअनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ ।
टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङरअनलोडिङ लगायतका सुविधाहरू उपलब्ध हुने भएकोले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटना लगायतको जोखिम कम हुने विकास समितिले जनाएको छ ।
यस्तै आयातरनिर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयात निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध पनि गरेको छ ।
News Desk 0 response बिहिबार, माघ २६, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३



