

-
काठमाडौं : नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब रुपैयाँमा झरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गएको मंसिर मसान्तसम्म आन्तरिक र बाह्यगरी नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँमा झरेको हो ।
गएको असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार प्रतिव्यक्तिमा भाग लगाउने हो भने ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ ।
गएको असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुको कारण पहिलो चौमासिकमा सरकारले गरेको सावाँ–ब्याज भुक्तानी तथा आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनसक्नु हो ।
मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । यसैबीच गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पौषसम्ममा विद्युतीय गाडी आयात ५० दशमलव ८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
गएको वर्ष पहिलो ६ महिनाको अवधिमा ३ अर्ब ५१ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको ४ हजार ५४ वटा आयात भएको थियो । चालु आर्थिक वर्ष ५ अर्ब ३० करोड ५० लाख ९ हजार रुपैयाँ बराबरको ५ हजार ५९७ वटा आयात भएको विभागको तथ्यांक छ ।
यस्तै गएको मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले आठ महिना २१ दिनको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी मुद्रा सञ्चित कायम गर्ने लक्ष्य लिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले देशमा ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चित छ ।
News Desk 0 response बिहिबार, माघ १२, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



