• काठमाडौं : विदेशबाट फर्किने नेपालीले अब एउटामात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्।

    भन्सार विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरुमा कडाइ गर्ने तयारी गरिरहेको छ। जसअनुसार विदेशबाट फर्किनेहरुले आफूले प्रयोग गरिरहेको मोबाइल ल्याउन पाउने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। त्यसका अतिरिक्त थप मोबाइल ल्याएमा दोस्रो मोबाइलका लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने कार्यालयले जनाएको छ। विदेशबाट मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने भएको हो।