• काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

    प्रधानमन्त्री दाहालले आज (सोमवार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् । नेकपा एमालेसहित सात दल र तीन जना स्वतन्त्र सांसदको समर्थन पाएपछि उनी हिजो आइतवार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।