

-
काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका श्रमिकहरु पनि अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । सरकारले आगामी वैशाखदेखि स्वेच्छिक रुपमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध गर्न सकिने गरी कार्यविधि जारी गरेको छ ।
कोषका प्रवक्ता विवेक पन्थीका अनुसार तोकिएको योगदान रकम श्रमिकले कोषमा जम्मा गरेपछि वैदेशिक रोजगारीमा रहेकाहरुले कार्यविधि बमोजिम तीन किसिमका सुविधा कोषबाट पाउनेछन् ।
कोषले वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध भएपछि दुर्घटना बीमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धाअवस्थामा पेन्सन दिने सुविधा दिने गरी कार्यविधि बनाएको प्रबक्ता पन्थीले बताए ।
यसअनुसार वैदेशिक रोजगारीमा रहेकाहरुले तोकिए बमोजिमको योगदान रकम नियमित रुपमा कोषमा अनलाइनबाट जम्मा गर्न सक्नेछन् । त्यसका आधारमा कोषले तोकिएका सुविधाहरु दिनेछ ।
विदेश जाँदा नै श्रम स्वीकति लिंदा नै श्रमिकले आवश्यक कागजात बुझाएर कोषमा आबद्ध हुने अवसर पाउनेछन् । अनलाइनमार्फत नै कोषमा आबद्ध हुन सकिने व्यवस्था गरिएको छ । आबद्धतापछि सरकारले तोकेको मासिक न्यूनतम १५ हजारको २१.३३ प्रतिशत न्यूनतम योगदान रकम नियमित रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।
कार्यविधिअनुसार योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम खर्च हुनेछ ।
कोषले देशभित्रै कार्यरत निर्माणलगायतका अनौपचारिक क्षेत्रका श्रमिकले पनि स्वेच्छिक रुपमा कोषमा आबद्ध भएर योगदान गर्न पाउनेछन् । सरकारले तोकेको न्यूनतम आधारभूत मासिक पारिश्रमिकको २०.३७ प्रतिशत बराबर रकम योगदान गर्ने अनौपचारिक क्षेत्रमा श्रमिकले दुर्घटना बीमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना (पेन्सन)सहित औषधि उपचारको सुविधा पनि पाउनेछन् ।
News Desk 0 response मङ्लबार, पुस ५, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



