

-
काठमाडौं । बिगतमा कानूनी सहायताका लागि आउने बिदेशी सहयोग सदुपयोग नभएको कानूनमन्त्री शेरवहादुर तामाङले वताएका छन् । कानुनी सहायताका लागि आएको ४ अर्ब २० करोड रुपैयाँ सर्वसाधारणले नपाएको बताएका छन्। अब कानुनी सहायता नीतिमै परिवर्तन गरिने पनि उनले बताए।
मंगलबार कानुनमन्त्रालयमा पत्रकार सम्मेलन गरि कानुनमन्त्री तामाङले न्यायालयको भ्रष्टाचार जोड्दै जाने हो भने वार्षिक बजेट भन्दा बढी हुने बताएका छन्।
‘धेरै ठूलो रकमको मुद्दामा अन्तरिम आदेशको भरमा छोडिएको छ, कुन आदेशमा के हुन्छ तपाईँहरुकोपनि जिज्ञासा आओस, परिषद्ले पनि हेर्छ,’ उनले भने, ‘ न्यायालयको भ्रष्टाचार जोड्दै जाने हो भने वार्षिक बजेट भन्दा बढी देखिने अवस्था छ।’
क्षणिक प्रभावमा अन्तरिम आदेश हुन थाले, त्यसबारे न्यायपरिषदले गम्भीर अध्ययन गर्नेपनि उनले बताए। उनी न्यायाधीश नियुक्ति कारवाहि र भ्रष्टाचार हेर्ने निकाय न्यायपरिषद्का पदेन सदस्य हुन्।
‘सन् २०१६ देखि ४ अर्व २० करोड रुपैँया कानुनी सहायताको नाममा विदेशबाट आयो तर त्यो पाउनुपर्ने व्यक्तिसम्म चैँ पुगेन,’ उनले भने, ‘यस्तो रकम विदेशभ्रमणका नाममा खर्च हुने पिडित र सर्वसाधारणका लागि तलसम्म नजाने समस्या देखियो।’
अब कानुनी सहायताका लागि आउने सहयोग कानुनमन्त्रालय अन्तर्गत नै दिइने उनले बताए।
‘बरु कानुनमन्त्रालयले नै करारमा राम्रा कानुन व्यवसायी नियुक्त गर्छ र कानुनी सहायता चाहिने सर्वसाधारणलाई सेवा दिन्छ’ उनले भने, ‘कानुनी सहायता नीतिमा परिमार्जन गरेर कम आम्दानी हुनेलाई साथै हिसांबाट पिडित अपाङ्ग, महिला र बालबालिका लाई पनि दिइने छ।’
News Desk 0 response मङ्लबार, चैत्र २०, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



