

-
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा कसलाई सांसद बनाउने भन्ने विवाद बढेको छ ।
राप्रपाले प्रत्यक्षमा ७ सिट जितेकोमा समानुपातिकमा पनि ७ सिट नै पाउने भएको छ । समानुपातिकको ७ मध्ये उसले ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्ने हुन्छ ।
समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर राणालाई सांसद बनाउने विषयमा कुनै विवाद नभए पनि दोश्रो बरियातको बारेमा विवाद भएको राप्रपा निकट श्रोतले जनाएको छ ।
आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका बुद्धीमान तामाङ, मधेसीको पहिलो नम्बरमा रहेका प्रल्हाद साह र खस आर्यतर्फ दोश्रो नम्बरमा रहेका प्रकाशचन्द्र लोहनी मध्ये एक जना छान्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समस्या परेको छ ।
पुरुषतर्फ सांसद हुनेको नाम नटुंगिएकाले ५ जना महिलातर्फ पनि कसलाई पठाउने भन्ने टुंगो लागेको छैन ।
लोहनीलाई लैजाँदा महिला खस आर्यको पहिलो नम्बरमा रहेकी रोशन कार्की सांसद हुन सक्दिनन् ।
यस्तै तामाङलाई लगेमा आदिवासी महिलातर्फ पहिलो नम्बरमा रहेकी बिना लामा सांसदहुन सक्दिनन् । त्यस्तै मधेसबाट राम्रो मत आएकोले साहलाई लैजाने दबाव पनि अध्यक्ष लिङदेनमाथि रहेको छ ।
बागमती प्रदेशको समानुपातिकमा पनि विवाद रहेको छ । राप्रपाले बागमती प्रदेशमा १ जना पुरुषलाई पठाउन पाउँछ । जसमा महामन्त्री भुवन पाठक र नेता दिलविकास राजभण्डारी मध्ये कसलाई पठाउने भन्ने विवाद रहेको हो ।
राप्रपाले प्रतनिधि सभामा पठाउने समानुपातिक सांसदको नाम तय गर्न भोलि शनिबार कार्य सम्पादन समितिको बैठक समेत बोलाएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर २३, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


