नेकपा सचिवालय बैंठकले निर्देशन दिएपछि सभामुख महराले राजीनामा दिए
महराले राजीनामा पत्रमा सोमबारदेखि आफ्नो चरित्रमा गम्भीर आरोप लागेका ती कुराको सत्यतथ्य छानविन नहुन्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। महराले दिएको राजीनामा सभामुख या प्रतिनिधि सभा सदस्य भन्ने खुलाइएको छैन। सत्तारुढ नेकपाले भने उनले सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनमा दिनुपर्ने निर्णय लिएको थियो।
-
काठमाडौं ।
नेकपाको बालुवाटारमा बसेको बैठकले राजीनामाको निर्देशन दिएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।
छानविन प्रक्रिया नसकिएकासम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्।
महराले राजीनामा पत्रमा सोमबारदेखि आफ्नो चरित्रमा गम्भीर आरोप लागेका ती कुराको सत्यतथ्य छानविन नहुन्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। महराले दिएको राजीनामा सभामुख या प्रतिनिधि सभा सदस्य भन्ने खुलाइएको छैन। सत्तारुढ नेकपाले भने उनले सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनमा दिनुपर्ने निर्णय लिएको थियो।
महरामाथि संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी थिइन्।
यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका हुन्। बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा पनि महरालाई पदबाट राजीनामा गर्न लगाउने निचोड निकालिएको थियो।
News Desk 0 response मङ्लबार, अशोज १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३