

-
काठमाडौँ : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनमा कुनै पनि शङ्कास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिएको पर्साकाप्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जिल्लामा १६७ वटा मतदानस्थल ४१२ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । वीरगन्ज कारागार र हुलाक कार्यालयमा अस्थायी मतदान केन्द्र राखिनेछ । कारागारको केन्द्रमा अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दी र हुलाक कार्यालयको केन्द्रमा सुरक्षाकर्मी र कर्मचारीले मतदान गर्नेछन् ।
६३ वटा मतदान स्थल अति संवेदनशील, ८५ वटा संवेदनशील र १९ वटा मतदान स्थललाई सामान्य भनी मूल्याङ्कन गरिएको छ । ती मतदान स्थलहरूको सुरक्षाका लागि म्यादीसहित ३ हजार २५५ जना, ९ सयको हाराहारीमा सशस्त्र प्रहरी र ७१२ नेपाली सेना परिचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
यस्तै निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाली सेनाले पनि ठाउँ ठाउँमा गस्ती गरिरहेको छ ।
भारतीय सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा सोमबारदेखि तालिम प्राप्त कुकर प्रयोग गरेर चेकजाँचमा कडाइ गरिएको छ । रक्सौलबाट नेपाल प्रवेश गर्ने नाकामा मितेरी पुल, शंकराचार्यद्वार, रजतजयन्ती चोक, छपकैया, सिर्सिया छोटी भन्सारमा तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
भारतबाट प्रवेश गर्ने पैदल यात्रु, सवारी साधनको चेकजाँचमा तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लका अनुसार पहिलो दिन कुकुरले ६ एम्पुल लागु औषध बरामद गरेको छ । नुर्फिन, फेनारगन र डाइजेपाम २र२ एम्पुल सहित वीरगन्ज-१९ बिन्दवासिनी बस्ने १९ वर्षीय सहिद मियालाई पक्राउ गरिएको उनले बताए ।
News Desk 0 response मङ्लबार, कार्तिक २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



