

-
काठमाडौं । सीटीईभीटीले सञ्चालन गर्दै आएका प्राविधिक शिक्षाका कार्यक्रम संचालनको अधिकार संविधानले नै प्रदेश र स्थानीय तहमा दिएकाले प्रदेश ३ सरकारले यस सम्बन्धमा कानुन नै बनाइसकेको छ । यस्तै प्राविधिक शिक्षाअन्तर्गत नर्सिङ, फार्मेसी लगायत स्वास्थ्य शिक्षाका कार्यक्रम कानुनले
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखेको छ । तर यो व्यवस्थाविपरीत शिक्षामन्त्री गिरिराजमणि पोखरेल सम्बन्धनमा प्रक्रियामा आफैं सहभागी भएका छन् । २०६९ अघि सीटीईभीटीमा निवेदन दिएका २७ वटा संस्थालाई सम्बन्धन दिन उनले मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयको टोलीलाई पूर्वाधार अनुगमन गर्न लगाएका छन् । मन्त्रीको निर्णय अनुसार अनुगमन सम्बन्धमा ती संस्थामा पत्र नै पठाइएको छ ।
अनुगमन टोलीलाइ पूर्वाधार पूरा भएको प्रतिवेदन तयार पार्न लगाएर १८ वटा नर्सिङ, ४ वटा हेल्थ असिस्टेन्ट, ४ वटा ल्याब टेक्निसियन र एउटा फार्मेसी गरी २७ वटा निजी संस्थालाई सम्बन्धन दिने तयारी छ । एक महिना अघि पनि सत्तारुढ नेकपाका दिवंगत नेताहरुका नाममा खोलेर हालसालै आवेदन दिएका १७ वटा संस्थालाइ पनि यस्तै प्राविधिक शिक्षाको कार्यक्रम संचालन गर्न शिक्षा मन्त्रीले नै प्रकृया अघि बढाउन लगाएका थिए ।चिकित्सा शिक्षा ऐनमा स्वास्थ्य शिक्षाका हाल सञ्चालित कार्यक्रम दश वर्षभित्र मुनाफारहित बनाउने उल्लेख छ । यस्तो अवस्थामा स्थानीय र प्रदेश तहको सरकार एवं अधिकार सम्पन्न आयोगको कार्यक्षेत्रमा हस्तक्षेप गरेर नाफामूलक निजी संस्थालाई सम्बन्धन दिने प्रकृयाले सरकारको घोषित नितिलाइ नै चुनौती दिएको छ ।
News Desk 0 response बिहिबार, अशोज ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३
-
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



