

-
भद्रपुर । झापामा आज बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको लेकनाथ चोकबाट शुरु गरिएकोे प्रभातफेरी ट्रेड युनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेलले जनताको सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त संविधान कार्यान्वयनमा ल्याई अब मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताउनुभयो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नयाँ संविधान सबैको साझा दस्तावेज भएको बताउँदै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम संविधानले नै गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सबै जातजाति भाषाभाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान विश्वकै उत्कृष्ट र सबैको साझा भएको चर्चा गर्नुभयो । कार्यक्रममा इष्ट होराइजन उमावि धुलाबारीका विद्यार्थी ब्यान्डबाजासहित प्रभातफेरीमा सहभागी भएका थिए । कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारीलगायत सहभागी थिए । जिल्लाका विभिन्न स्थानमा सरसफाइ, अन्तरक्रियालगायत कार्यक्रम गरेर संविधान दिवस मनाइँदै छ । रासस
News Desk 0 response शुक्रबार, अशोज ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



