

-
काठमाडौं : विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आँकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सोमवार सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आँकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो हप्ता ‘वर्ल्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
सन् २०२२ को मुद्रा स्फीतिदर छ दशमलव तीन प्रतिशत रहने आँकलन विश्व बैंकको छ । सन् २०२३ मा पाँच दशमलव पाँच र सन् २०२४ मा पाँच दशमलव तीन प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९/८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आँकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, आठ दशमलव नौ र पाँच दशमलव छ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आउँदो दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।-रासस
News Desk 0 response सोमवार, कार्तिक १४, २०७९

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



