

-
काठमाडौँ : नवौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बिहीबार एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एपीएफले २७ रनको सामान्य लक्ष्य १४ बलमै पूरा गरेको हो ।
एपीएफको तर्फबाट सीताराना मगरले ५ बलमा २ चौका प्रहारसहित १२ रन र इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडेका थिए ।
गण्डकीका सृष्टि जैसीले ओपनर ज्योति पाण्डेको विकेट लिएकी थिइन् । ज्योतिले ६ बलमा २ रन बनाइन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिलो व्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सृष्टि जैसीको ५ रन गण्डकीको ठूलो स्कोर थियो ।
एपीएफकी प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिएकी थिइन् । सुमन विष्ट, नेरि थापा, निशा भट्ट र सीता रानामगरले समान एक विकेट लिए । चार खेलाडी रन आउट भएका थिए ।
जितपछि एपीएफ समूह ‘ए’ को शीर्षस्थानमा पुगेको छ । एपीएफले २ खेलमा २ जितसहित ४ अङ्क जोडेको छ ।अहिले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको अर्को खेल भइरहेको छ ।
News Desk 0 response बिहिबार, अशोज २७, २०७९

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


