

प्रदेश दुईमा सुशासनका बाधक कर्मचारी भएको मुख्यमन्त्रीको खुलासा
प्रदेशसभाको बैठकमा रकम निकासा हुन नसकेकोबारे जवाफ दिँदै मुख्यमन्त्री राउतले कर्मचारीको पुरानै मानसिकताका कारण रकम निकासा हुन नसकेको बताए । ‘
-
जनकपुरधाम ।
प्रदेश २ मा कर्मचरीनै सुशासनका बाधक भएको टिप्पणी गरेका छन् । यहाँका मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीका कारण सुशासन कायम गर्न समस्या भइरहेको बताए ।प्रदेशसभाको बैठकमा रकम निकासा हुन नसकेकोबारे जवाफ दिँदै मुख्यमन्त्री राउतले कर्मचारीको पुरानै मानसिकताका कारण रकम निकासा हुन नसकेको बताए । ‘कर्मचारीको मानसिकता यस्तै रह्यो भने शाषण व्यवस्था मात्र परिवर्तन गरेर केहि हुँदैन’ उनले भने, “यसलाई नियन्त्रण र निरुत्साहित गर्नु जरुरी छ ।” शाषन व्यवस्था फेरिएपनि कर्मचारीको काम गर्ने शैली नफेरिएको निचोड मुख्यमन्त्रीको छ ।
काम सम्पन्न भइसकेको योजनाको निकासा नपाएको भन्दै सांसदहरुले लगातार प्रदेशसभाको दुई वटा बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री राउतले कर्मचारीका कारण रकम निकासा हुन नसकेको बताए ।
कर्मचारीको पुरानो शैलीको सोच परिवर्तन नभए प्रदेशकै लागि राम्रो नहुने भन्दै मुख्यमन्त्री राउतले काम नगरेकाहरुलाई पनि कर्मचारीहरुले निकासा दिएको पाइएको बताए ।
उनले राम्रोसँग काम नगर्ने कर्मचारीलाई संसदले कार्वाही समेत गर्न सकिने सन्देश दिनुपर्नेमा जोड दिए । उनले कर्मचारीलाई समयमा काम सम्पादन गर्न निर्देशन समेत दिए ।उनले योजनाहरुको निकासा हुन नसकेको सांसदहरुले सुनाएपछि आफूले तत्कालै मन्त्रीपरिषद् बैठक बसेर निकासा दिने निर्णय गरेपनि पछिल्लो तीन साता यता मुख्य सचिव आइसियूमा उपचार गराइरहेकाले त्यसको कार्यान्वयन हुन नसकेको बताए । उनले धनुषा र महोत्तरीको बढी रकम निकासा हुन बाँकी रहेको बताउँदै संसदीय कोषको रु डेढ करोडको चेक काटिए पनि निकासा हुन नसकेको बताए । उनले एक साताभित्र योजना वापतको रकम निकासा हुने विश्वास समेत दिलाए ।
News Desk 0 response सोमवार, भदौ ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



