

-
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन काठमाडौं र दिल्लीबाट नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा बटम थिचेर गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकसाथ बटम थिचेर उद्घाट्न गरेका हुन् ।
उद्घाटनलगत्तै बरौनी डिपोबाट अमलेखगञ्जमा डिजेल आउने र सो डिजेल भारतीय आयल निगमका पदाधिकारीले नेपाल आयल निगमका निर्देशक सुरेन्द्र पौडेललाई उपहारस्वरुप हस्तान्तरण गरेको थियो ।
भारत सरकारको २ सय ७५ करोड लगानीमा सम्पन्न सो पेट्रोलियम पाइपलाइन आयोजना नेपाल सरकारको पहिलो प्राथमिकताको आयोजना हो ।२०६१ मा नेपाल र भारत सरकारबीच सम्झौता भएर २३ फागुन २०७४ मा निर्माणा कार्य शुरू भएको सो आयोजना निर्धारित समयभन्दा ८ महिना अगाडि सम्पन्न भएको हो ।
पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ ७० किलोमिटरमध्ये भारततर्फ ३२।५ किलोमिटर तथा नेपालतर्फ ३७।५ किलोमिटर छ । उद्घाटनलगत्तै पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।
पाइपलाइन आयोजनाकै लागि निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्कीसमेत निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक २ अर्ब बचत हुने र यसबाट वातावरण प्रदूषण, वन विनाश, राजमार्गमा हुने दुर्घटना, ट्राफिक जाम, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने छ ।
News Desk 0 response मङ्लबार, भदौ २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



