

-
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले यही असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर वृद्धि गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ब्याजदर वृद्धिका कारण कोभिड–१९ महामारी तथा वित्तीय क्षेत्र असन्तुलनका कारण अप्ठ्यारोमा परेका उद्योगी व्यवसायी झन प्रभावित हुने महासङ्घले जनाएको छ । बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासङ्घले उत्पादित सामानको मूल्य अकाशिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको जनाएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तीय संस्थाको यस निर्णयले थप माथि लैजाने महासङ्घको ठहर छ ।
सङ्कटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको जनाउँदै महासङ्घले विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गरेको छ । तर पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित हुनेछ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याज भार थपिन जाँदा अर्थतन्त्रमा सङ्कट आउन सक्ने अवस्था सिर्जना भएको छ, महासङ्घले भनेको छ ।
अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासङ्घले माग गरेको छ ।
News Desk 0 response बुधबार, अशोज ५, २०७९

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



