

-
लहान । सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजातसहित फर्निचरसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताउनुभयो । घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टी नेपालको पर्चा भेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस
News Desk 0 response बुधबार, भदौ १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


