

-
काठमाडौं ।
अरुलाई पढाउने शिक्षक अव आफै कडा कसीमा उभिनु पर्ने भएको छ । समक्ष जनशक्ति उत्पादन गर्ने पहिलो खुड्किलाको रुपमा रहेको बिद्यालयका शिक्षकलाई अब दुई सय नंम्वरको पूर्णाङ्कको परिक्षा दिनु पर्ने भएको हो ।
मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गरेपछि शिक्षक पदका लागि लिइने लिखित परीक्षा अब दुई सय पूर्णाङ्कको हुने भएको हो । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कका विषयगत परीक्षा लिइनेछ । सामान्य परीक्षा उत्तीर्ण गरेपछिमात्र विषयगत परीक्षा दिन पाउनेछन् ।सामान्य परीक्षाको ५० अंक विषयगत परीक्षाको नतिजामा जोडिनेछ । यसबाट परीक्षार्थीहरुको संख्या घट्ने र प्रतिस्पर्धा उच्च हुनेछ ।
ओएमआर मेसिनले सामान्य परीक्षाको वस्तुगत प्रश्नको उत्तरपुस्तिका परीक्षण गर्नेछ । गोलो लगाइएको चिन्हमा परीक्षार्थीले कालो रंग पोतेर उत्तर दिनुपर्ने हुन्छ । मेसिनबाट उत्तरपुस्तिका परीक्षण गर्दा छिटो हुनेछ भने परीक्षकको खर्च जोगिने भएको छ ।अन्तर्वार्तामा पनि नयाँ नियम वनाईएको छ । जसु अनुसार अनुभवका लागि ०.५ अंकका दरले १० वर्षको बढीमा ५ अंक प्रदान गरिनेछ । विगतमा अनुभवका लागि १२ अंक दिइन्थ्यो । कार्यरतले बढी अंक पाउने भएपछि यो व्यवस्था हटाइएको हो । न्यूनतम शैक्षिक योग्यताका लागि ३ अंक दिइनेछ । औपचारिक शिक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेकाले ३ अंक, द्वितीय श्रेणीमा उत्तीर्ण गरेकाले २ अंक पाउने छन् भने तृतीयकाले शुन्य अंक पाउनेछन् ।
माथिल्लो शैक्षिक योग्यताका लागि २ अंक दिइनेछ । प्रथम श्रेणीकालाई २ अंक, द्वितीयलाई १ अंक र तृतीयलाई ० अंक दिइनेछ । यी व्यवस्था प्रथम श्रेणी उत्तीर्ण भएकालाई अवसर दिने उद्देश्यले ल्याइएका हुन् ।
शिक्षक बढुवाका सन्दर्भमा प्रधानाध्यापक नै सुपरीवेक्षक हुनेछन् । तर कासमूकर्ता प्रअभन्दा शिक्षक समान तह वा वरिष्ठ भएमा स्थानीय तहको शिक्षा प्रमुखले गर्नेछन् ।पुनरावलोकनका लागि सम्बन्धित प्रध्यानाध्यापक स्थानीय शिक्षा प्रमुख र एकाइ प्रमुख रहनेछन् । स्थानीय शिक्षा प्रमुख वा एकाइ प्रमुख मध्ये जो बरिष्ठ हुनेछन् उनकै संयोजकत्वमा पुनरावलोकन समिति रहनेछ ।
News Desk 0 response बुधबार, भदौ १८, २०७६
जनप्रशासन पाक्षिक

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


