• काठमाडौं : १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएको छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई तीन–एक गोलले हरायो ।

    नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक–एक गोल गरे । भारतका लागि ड्यानी मेतीले गोल गरे ।