

विमानस्थल भन्सार प्रमुख खाली राख्दै अर्थका सहसचिवको सरुवा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यास्तरी करदाता कार्यालय प्रमुख बनाइएको छ। तत्काललाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख खाली राखिएको छ।
-
काठामडौं । अर्थमन्त्रालयका सहसचिव विनोद कुँवरलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यास्तरी करदाता कार्यालय प्रमुख बनाइएको छ। तत्काललाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख खाली राखिएको छ।
प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव सुमन दाहाललाई भन्सार विभागको महानिर्देशक बनाइएको छ। भन्सारका महानिर्देशक रहेका रामेश्वर दंगालको सरूवा भएपछि रिक्त स्थानमा दाहाललाई पठाइएको छ। अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई पनि आन्तरिक राजस्व विभागमै उपमहानिर्देशक बनाइएको छ।
अर्थको प्रशासन महाशाखामा सहसचिव झक्कप्रसाद आचार्यको सरूवा भएको छ। मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका उनी यसअघि प्रशासनमै उपसचिव भइसकेका व्यक्ति हुन्।
वीरगन्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ। त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग ल्याइएको छ।
भन्सार विभागबाट तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा पठाइएको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ।
भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजस्व तालिम केन्द्रको प्रमुख बनाइएको छ। मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



